कुमारी आमा टिचिङ हस्पिटलको इमर्जेन्सीमा,न्यायाधीशमाथि पिएर बेन्चमा बसेको आरोप

कुमारी आमा टिचिङ हस्पिटलको इमर्जेन्सीमा,न्यायाधीशमाथि पिएर बेन्चमा बसेको आरोप

१७ वर्षकै उमेरमा आमा बनेकी निहारिका राजपुतको त्रिभुवन शिक्षण अस्पताल,महाराजगञ्जमा उपचार भइरहेको छ । जनकपुर उपमहानगरपालिका ७ की राजपुतको साथमा दुई वर्षको छोरा छ ।

उनले बलात्कारीलाई पक्राउ गरेर कानुनी कारवाहीको माग गर्दै आएकी छन् । साउन २० गतेदेखि बसन्तपुर डबलीमा अनसन बस्दै आएकी थिइन् । अस्ति शुक्रबार शीतल निवास अघिल्तिर आत्मदाहको प्रयास गरेकी उनलाई प्रहरीले पक्रेर महाराजगञ्ज वृत्तमा पुर्याएको थियो । त्यसपछि टिचिङको आकस्मिक कक्षमा भर्ना गरेर उपचार भइरहेको छ ।

निहारिकाले आफूले अस्पतालमा पनि अनसन जारी राखेको बताएकी छन् । हिजो अपरान्ह र साँझ राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवा,कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँगको भेटमा निहारिकाको आत्मदाहको प्रयास, सरकारको धारणा र कानुनी पाटोबारे चासो राख्नुभएको बताइएको छ ।

निहारिकाको विषयबारे सर्वोच्च अदालतको उच्च स्रोत भन्छ,”उनले बलात्कारको मुद्दा दायर गरेकी हुन् । जिल्ला अदालतले श्रीमान र श्रीमती भएर बसेकाले बलात्कारको दाबी नलाग्ने फैसला गरिदियो । तर श्रीमानले श्रीमतीलाई पनि बलात्कार गर्नसक्ने पक्षलाई न्यायाधीशले बिर्सिदिए । हुन तः उनीहरु छोरो जन्मिएपछि पनि सात महिना सँगै बसेको पाइन्छ । तर लोग्नेले बलात्कार गर्न सक्ने मान्यता स्थापित भइसकेको छ । त्यसैले सरकारले पुनरावलोकनको निम्ति अदालतमा निवेदन दिएको छ ।’

अहिले उक्त आदेश दिने न्यायाधीशलाई न्यायपरिषद्ले शंकाको घेरामा राखेर केन्द्रमा तानेको छ । परशुराम भट्टराई उनै न्यायाधीश हुन जसले सांसद रेशम चौधरीलाई जेल पठाउने आदेश दिएका थिए ।

यसबीच न्याय परिषद्को टोली जनकपुर गएर उनीद्वारा सम्पादित यस्तै विभिन्न आदेशको उतार बोकेर ल्याएको छ ।

न्यायाधीश परशुरामको आदेश जे जस्तो भए पनि उनी मादक पदार्थ भनेपछि हुरुक्कै हुने थोरै श्रीमानमध्येका एक भएको बताइन्छ । कतिसम्म भने घरबाट खाना खाएर अदालत निस्कँदा बाटोमा गाडी रोक्ने,कालो कोटमा क्वार्टरको सिसी राखेर लैजाने गरेको आरोप पहिल्यै लागेको थियो । त्यसरी लगिएको रक्सी अदालतको बेञ्चमा नदेख्ने गरी पानी खाने गिलासमा मिसाएर पिउने गरेको समकालीन न्यायाधीशहरुको आरो छ । उनीसँग इजलास सेयर गरेका जिल्ला अदालतका एक जना न्यायाधीशले भने, ‘परशुरामको बेञ्चमा परेको बेलामा ह्वास्स गन्हाउनु सामान्य नै हो ।’

टिप्पणीहरू