सहरी विकासमन्त्रीको जिल्लामा केबलकार, माइक्रो ट्रेन, सुरुङ मार्ग, बृहत तटबन्धको घोषणा
सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहनेजति सबै मिल्नुपर्ने बताउनुभएको छ । उहाँले दाङको लमहीमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उक्त कुरा राख्नुभएको बताइन्छ ।
मन्त्री चौधरीले भन्नुभयो ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, वर्ग र जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’ ‘विपि स्मृति भवनलाई पनि बजेट छुट्ट्याएको छु । जनमोर्चा, हिन्दु, बौद्ध गुम्बादेखि क्रिश्चियनसम्मलाई बजेट छुट्ट्याइने र सबै जनतालाई राज्य मेरो हो भन्ने महशुस गराउने उहाँको भनाइ छ ।
देउखुरीबाट स्वर्गद्वारी जोड्ने केबलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्धसहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना शुरु गरिने उहाँको दाबी छ ।
मन्त्री चौधरीले आफ्नै पहलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको समेत हिजो शिल्यान्यास गर्नुभएको छ ।
टिप्पणीहरू