बाबुराम लगालग खुमलटारमा, माओवादीका तीन नेता साक्षी

बाबुराम लगालग खुमलटारमा, माओवादीका तीन नेता साक्षी

पूर्वप्रधानमन्त्री तथा नवगठित नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भटराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज पनि भेटवार्ता गर्नुभएको छ । समाजवादी केन्द्र गठन गरी साझा चिन्हमा चुनाव लड्ने प्रस्ताव गर्दै आउनुभएका भट्टराईले आज बिहानै खुमलटार पुगेर प्रचण्डसहित माओवादी नेताहरुलाई भेट्नुभएको हो।

अध्यक्षद्वयको भेटमा माओवादी नेताहरु वर्षमान पुन,अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि सहभागी थिए । बिहान सवा आठ बजे खुमलटार पुग्नुभएका भट्टराई पौने नौ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिनुभएको बताइएको छ ।

जसपाबाट निकालिएपछि नेसपा गठन गर्नुभएका भटराई आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने पक्षमा हुनुहुन्छ । यसअघि पनि उहाँले पटक-पटक प्रचण्डसँग कुराकानी गरिसक्नुभएको छ ।

टिप्पणीहरू