हिमानी शाह टन्सिल र ज्वरोले सताएपछि मन्त्री नभेटी नेपाल फिर्ता

हिमानी शाह टन्सिल र ज्वरोले सताएपछि मन्त्री नभेटी नेपाल फिर्ता

पूर्व युवराज्ञी हिमानी शाह अचानक नेपाल फर्किनुभएको छ । गत २४ साउनमा अस्ट्रेलिया उड्नुभएकी उहाँ आज बिहान ११ बजेको फ्लाइटबाट नेपाल फर्कनुभएको हो ।

हिमानी ट्रष्टकी संस्थापक शाह आफ्नो तालिकाभन्दा दुई दिनअघि नै फिर्ता आउनुभएको छ । उहाँलाई ज्वरो र रुघाखोकीले एकदमै सताएको बताइएको छ ।

हिमानी ट्रष्ट अष्ट्रेलियाले संसद् र मन्त्रीहरुसंग राखेको कार्यक्रमसमेत छोडेर हिँडेपछि उहाँलाई बिमारीले सताएको हुनसक्ने अनुमान लगाइएको छ ।

संस्थापक शाह पूर्व राजपरिवारका सदस्यसहित जनैपूर्णिमामा आयोजित कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया जानुभएको थियो । तर, कार्यक्रम सकेर दुई दिनपछि आउनुपर्नेमा उहाँ आजै फर्किनुभएको हो ।

टिप्पणीहरू