सिके राउत १ नम्बरमा, काँग्रेस ७५ मा,छानबिन शुरु

सिके राउत १ नम्बरमा, काँग्रेस ७५ मा,छानबिन शुरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ वटा राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले निर्वाचन प्रयोजनको निम्ति हिजोसम्म दल दर्ताको समय तोकेको थियो । अन्तिम दिन साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको सूची सार्वजनिक भएको छ । आजबाट आयोगले ती दलले बुझाएका कागजपत्रको जाँचबुझ थालिने जानकारी दिएको छ ।

केही राजनीतिक दलले भने समूहगत रूपमा निर्वाचनमा जाने जानकारी गराएका छन् । दर्ताको पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी छ भने अन्तिममा रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी दर्ता भएको छ ।

माओवादी केन्द्र ४३ नम्बरमा छ भने एमाले १० नम्बरमा दर्ता भएको छ । कमल थापाको राप्रपा नेपाल १६ नम्बरमा,राजेन्द्र लिङ्देनको राप्रपा ३१ नम्बरमा र माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी २८ नम्बरमा दर्ता भएका छन् ।

टिप्पणीहरू