आफ्नो उम्मेद्वारीबारे विश्वप्रकाशको प्रष्टिकरण, ‘प्रेम उता, घरजम यता कुरै हुन्न !‘

आफ्नो उम्मेद्वारीबारे विश्वप्रकाशको प्रष्टिकरण, ‘प्रेम उता, घरजम यता कुरै हुन्न !‘

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी संघीय चुनावमा झापाबाटै उम्मेदवारी दिने बताएका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले गृहजिल्ला झापाबाटै आफू उम्मेदवार हुने प्रष्ट्याएका हुन् ।

काठमाडौँको क्षेत्र नम्बर ५ बाट आसन्न प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा चलिरहेका बेला महामन्त्री शर्माले मेची र निन्दा किनारको मान्छे बागमतीबाट चुनाव लड्न नसकिने प्रष्टीकरण दिए ।

काठमाडौँ-५ मा चुनाव प्रचारका लागि भने पुग्न सकिने भन्दै उनले ट्वीटरमा लेखेका छन्, ‘बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै ।‘

निर्वाचनमा उम्मेदवार भन्न चाहेमा गठबन्धनका अर्का नेतालाई साथमै लिएर भएपनि झापा नै जाने बताउँदै उनले अगाडि भने, ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।‘

टिप्पणीहरू