आजदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान नपाइने
सरकारले आज (भदौ १) गतेदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान प्रतिबन्ध लगाएको छ । विद्युतीय चुलो प्रोत्साहन गर्ने सरकारको नीतिअन्तर्गत पहिलो चरणमा सिंहदरबारबाट सिलिण्डर हटाउन थालिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गर्नुभएको थियो । त्यसअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।
तर, सिलिण्डर विस्थापन गारने सरकारको नीति विभिन्न कारणले पूर्णरुपमा कार्यान्वायनमा आएको थिएन । आजबाट भने सिलिण्डर लैजान कडाई गर्न लागिएको हो ।
आज बिहानैदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले ग्यासका सिलिण्डर गेटबाटै फर्काएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार गेटमा रहने सुरक्षाकर्मीले ग्यास सिलिण्डर भित्र लैजान रोकेको हो ।
टिप्पणीहरू