मुस्लिम समुदायलाई सहरी विकासमन्त्रीको सुझाव

मुस्लिम समुदायलाई सहरी विकासमन्त्रीको सुझाव

सहरी विकासमन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई राजनीतिक भर्याङ मात्र नबन्न आग्रह गर्नुभएको छ । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाएकोमा योगदान छ । तर सँधै किन भर्याङ मात्र बन्ने ?’ सीमान्त समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँँदै उहाँले थप्नुभयो, ‘उम्मेदवारी दिनुहोस्, नेतृत्व दाबी गर्नुहोस् ।’कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलाना र प्राथमिकदेखि माध्यमिक तहका विद्यालयलाई दिईंदै आएको सरकारी अनुदान थोरै भएकाले मदरसा सञ्चालन गर्न गाह्रो हुँदै गएको जानकारी गराएको बताइएको छ । मदरसाका छात्रवास, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्रीको ध्यानाकर्षण गराइएको बताइएको छ ।

मन्त्री चौधरीले मदरसाका समस्या समाधानमा विशेष पहल गर्ने वचन दिनुभएको छ ।

टिप्पणीहरू