निको हुनेभन्दा संक्रमितको संख्या दोब्बर बढी
पछिल्लो २४ घण्टामा थप आठ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार आठ सय ८३ जनाको परीक्षणमा आठ सय ५२ जनामा संक्रमण देखिएको हो ।
तीन हजार आठ सय ७६ जनाको पिसीआर परीक्षण गर्दा पाँच सय ३१ र दुई हजार पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय २१ जनामा संक्रमण पुष्टि भएको छ । हाल मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय ६२ पुगेको छ ।
आज तीन सय २८ जना कोरोना संक्रमणबाट निको भएका छन् । आज काठमाडौंमा दुई सय ६१, भक्तपुरमा ६३ र ललितपुरमा ५५ जना संक्रमित थपिएका हुन् ।
टिप्पणीहरू