बलात्कारी कहिले पत्ता लाग्छ सरकार ?

बलात्कारी कहिले पत्ता लाग्छ सरकार ?

ए सरकार ती बलात्कारी कहिले पत्ता लाग्छ भनन ।
एकटक त ती आमाको लागि न्यायप्रेमी नेता बनन ।।

सन्तानको पीरमा एक आमा बालिकाको न्याय खोज्दै छिन् ।
रुँदा अब न्याय पाइएन आफैँ मृत्युको बाटो रोज्दै छिन् ।।

कसरी सम्झाउँ म ती दिनरात तड्पिएर बसेकी आमालाई ।
भन्छिन छोरी यहि पिँढीमा नाच्थी फुलबुट्टे जामा लगाई ।।

चिच्याउँदा चिच्याउँदै बलत्कार गरि फाल्दिए रे पाखामा ।
झलझली याद आउँछ छोरीको रुँदै भन्छिन् आमा आँखामा ।।

बलत्कारीले बलत्कार गर्यो, भाग्यो कहाँ बेपत्ता भयो ।
आमा आफ्नी छोरी सम्झँदै रुँदा रुँदै बर्षौं गयो ।।

आँसु सुक्यो, स्वर बस्यो ती आमाको अब के नै पो लाग्छ र ।
कानुन फितलो नभए किन सयौं बलात्कारी कहाँ भाग्छ र ?

मार्देउ सरकार बरु बलात्कारीलाई दिन थाल आजैबाट फाँसी ।
न्यायको निम्ति रुँदै बसेकी छिन आमा भित्तामा फोटो टाँसी ।।

बुझिदेउ न सरकार हरेक आमाको पीर मर्का । ।
रुदा आँसु पुछेको आमाका चिसै छ्न अझै पनि बर्का ।।

बरु केही पर्दैन सरकार नुनचुक लगाइ बलात्कारीलाई मोल्देउन ।
बिन्ति छ ती बालिकाको न्यायको निम्ति बोलिदेउन । ।

टिप्पणीहरू