एकादशीमा काठमाडौंमा भेला, पूर्वतिर मेला

एकादशीमा काठमाडौंमा भेला, पूर्वतिर मेला

आज हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यका चार वटै नारायणस्थानमा दर्शनार्थीको भीड लागेको छ । काभ्रेको भुम्लु गाउँपालिकाको मूलखर्क भीमसेनस्थानमा हरिबोधनी एकादशीको मेला लागेको छ ।

हरेक वर्ष झैं यो वर्ष पनि आज मेला लागेको हो । उक्त मन्दिरमा दशैंको फूलपातीका दिनदेखि नवमीसम्म मेला लाग्ने गरेको छ । यहाँ वर्षको दुई पटक भव्य मेला लाग्ने गरेको छ ।

आज मेलामा भक्तजनको घुइँचो लागेको छ । मूलखर्क भीमसेनको दर्शन गर्न धेरै टाढादेखि दर्शनार्थी आउने गरेका छन् । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको उक्त स्थानमा दर्शन गर्न काठमाडौंबाट समेत दर्शनार्थी जाने गरेका छन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखालगायत जिल्लाका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गरेका छन् ।

मूलखर्क भीमसेनको दर्शन गर्न गाउँपालिका प्रमुखका साथै १० वटै वडाका जनप्रतिनिधिहरुले भीमसेनको दर्शन एवम् साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएका छन् ।

आज मूलखर्क तेस्रो साँस्कृतिक महोत्सव पनि सम्पन्न भएको छ । स्थानीय मूलखर्क सामुदायिक क्लबले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि भक्तजनलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको सहभागिता थियो ।

टिप्पणीहरू