पूर्व युवराज पारससँगलाई कन्याउन पुगे दुर्गा प्रसाईं ‘मार्सी’

पूर्व युवराज पारससँगलाई कन्याउन पुगे दुर्गा प्रसाईं ‘मार्सी’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सीले पूर्व युवराज पारस शाहसँग भलाकुसारी गरेका छन् । उनले पारससँग गरेको पछिल्लो भेटले यतिखेर सामाजिक सञ्जाल रंगिएको छ । 

केही समयअघिसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अति घनिष्ट रहेका उनी आमनिर्वाचनमा टिकट नपाएपछि बिस्तारै टाढिएका हुन् । उनले चुनावअघि काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग गरेको भेटले पनि निकै चर्चा पाएको थियो । 

अहिले भने पूर्वयुवराज पारससँग भेट गरेको तस्बिर सार्वजनिक भएको छ । केही समयअघि उनी संयुक्त अरब इमिरेट्सका शाही नातेदारलाई नेपाल आमन्त्रण गराएर प्राप्त सुनको लौरो देखाएर पनि चर्चाको शिखरमा पुगेका थिए ।

टिप्पणीहरू