पेरिसडाँडामा माओवादीको चुनावी समीक्षा बैठक जारी

नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन सम्बन्धी समीक्षा बैठक जारी छ ।

११ बजे भनिएकोमा दिउँसो २ :३५ बजेबाट  पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा  शुरु भएको उक्त बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  समीक्षा साथै समसामयिक विषयमा पदाधिकारीवीच छलफल हुने एजेण्डा छ ।

बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ,महासचिव देव गुरूङ,पूर्व गृहमन्त्री शक्ति बस्नेत,उर्जा मन्त्री एवं उपमहाचिव पम्फा भुषाल,शिक्षा मन्त्री देवेन्द्र पौडेल साथै सचिवहरू लीलामणि पोखरेल, दिनानाथ शर्मा,हितमान शाक्यलगायत सत्र अठार   जनाको उपस्थिति रहेको  छ।

टिप्पणीहरू