उपप्रधानमन्त्रीलाई ‘शुभयात्रा’ भन्न निम्तो

उपप्रधानमन्त्रीलाई ‘शुभयात्रा’ भन्न निम्तो

जनजाति आन्दोलनका अगुवाका रुपमा परिचित जसपाका नेता आङकाजी शेर्पाले विदेश भ्रमणमा जान लागेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बिदाईमा सरिक हुन सार्वजनिक निमन्त्रणा दिएका छन् । 

उनले पार्टी अध्यक्षसमेत रहेका मन्त्री यादवको बिदाईलाई विशेष बनाउन जसपाका कार्यकर्ता र शुभेच्छुकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाएका हुन् । सो पार्टीको प्रवास संगठन इञ्चार्जसमेत रहेका शेर्पाले सार्वजनिक सञ्जालबाट दिएको निम्तोमा भोलि साँझ ४ बजे विमानस्थलको भिआइपी कक्षमा जम्मा हुन अनुरोध गरिएको छ । 

मन्त्री यादव संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन भोलि साँझ न्यूयोर्क प्रस्थान गर्दैछन् ।

टिप्पणीहरू