क-कसले चलाएछन् काङ्ग्रेसमा कैँची ?

क-कसले चलाएछन् काङ्ग्रेसमा कैँची ?

नेपाली कांग्रेसले पार्टी वा गठबन्धनका उम्मेदवारमाथि अन्तरघात गर्नेलाई कारबाही गर्न लागेको छ । 

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्न लागिएको हो । 

कांग्रेस केन्द्रीय समितिले आज विज्ञप्ति जारी गर्दै जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरेर पठाउन भनेको छ । 

त्यस्तै,जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित आँउदो पुस १५ गतेभित्र पठाउन निर्देशन दिइएको छ । 

‘जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्नेछ’,विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू