आफू जितेर अरुलाई हराएको गम्भीर आरोप

आफू जितेर अरुलाई हराएको गम्भीर आरोप

मसालको गढ भत्काएका एमाले पोलिटव्यूरो सदस्य सूर्य थापामाथि  आफ्नै कमरेडलाई घात गरेको गम्भीर आरोप लागेको छ । दिग्गज कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी कान्छी श्रीमतीलाई हराउँदा पनि उनले सुख पाएनन् । विजयको अबिर नसेलाउँदै प्रदेशसभा (ख)का उम्मेदवार हरिप्रसाद रिजालले आफूलाई सूर्य थापाले नै हराएको दाबी गरेका छन् ।

प्युठानबाट प्रतिनिधि सभामा थापाले जित्दा  प्रदेशसभा (क) बाट एमालेका तुल्सीराम शर्माले जिते । तर प्रदेशसभा (ख)बाट नेपाली कांग्रेसका सरोज थापा भनिने रोज रानाले जिते । एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार रिजालचाहिँ पराजित भए । ‘मलाई यही केटो (सूर्य थापा) ले हरायो। म त चुनाव जित्ने मान्छे हो । ममाथि नराम्रोसँग घात भयो ।

म यो कुरा महासचिव शंकर पोखरेललाई भन्न सक्छु,’ बिजुवारमा आफूनिकट जिल्लास्तरिय नेतालाई रिजालले बताए । कांग्रेस उम्मेदवार रोज रानासँग मिलेर आफूलाई हराएको मात्रै होइन उनी टिकट खोसिदिएको आफ्नो दुःख पनि सुनाउँछन् ।

शंकर पोखरेलनिकट मानिएका नेता रिजाललाई ईश्वर पोखरेलनिकट थापाले हराएको चर्चासँगै एमाले प्युठानमा भाँडभैलो छ। सांसद सूर्य थापा आफूभन्दा जुनियर भएको रिजालको तर्क छ ।

टिप्पणीहरू