एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक डाकेको छ । आन्तरिक राजनीतिमा एकाएक उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राखेर पार्टीले संसदीय दलको बैठक डाकेको बताइएको छ ।

आज अपरान्ह बस्ने बैठकमा आन्तरिक राजनीतिको समग्र विषयमा छलफल हुने जानकारी दिइएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी हिजो विभाजन भएपछिको अवस्थामा राजनीतिक समीक्षा गर्न एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेको हो ।

टिप्पणीहरू