कांग्रेस र नेकपा एसका नेता माओवादी केन्द्रमा प्रवेश

कांग्रेस र नेकपा एसका नेता माओवादी केन्द्रमा प्रवेश

नेपाली कांग्रेस र एकीकृत समाजवादीका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  

कांग्रेसनिकट निर्माण व्यवसायी जीतनारायण बिसी, महिला नेतृ रञ्जिताकुमारी थापा, स्वास्थ्यकर्मी रिजा बोहरा र लक्ष्मी बोहराले माओवादी रोजेका हुन् । त्यस्तै, एकीकृत समाजवादीका सुर्खेत जिल्ला कमिटी सदस्य प्रेम महतरालगायत कर्णाली प्रदेशका केही कार्यकर्ता पनि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर माओवादी केन्द्रमा मिसिए ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर स्वागत गर्नुभएको थियो ।
 

टिप्पणीहरू