अभिमत एकातिर, बाटो अर्कैतिर ?

अभिमत एकातिर, बाटो अर्कैतिर ?
सुन्नुहोस्

संविधान मान्छौँ भन्दै आएका राजनीतिक दलले नै संविधानलाई छल्ने काम गरेका छन् । संवैधानिक व्यवस्थाको बर्खिलाप एउटा पार्टीबाट निर्वाचित हुने तर संसदमा गएपछि दल बदल गर्ने खेती मौलाउँदो छ । 

उदाहरणका लागि एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रतिनिधित्व गर्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिह्न लिएर उठेका हुन् । यी यस्ता परिदृश्यले संविधानको मर्ममाथि छलकपट गरेको प्रस्ट पार्छ । 

अहिले दलहरूले संविधानको हुर्मत लिँदै एउटा पार्टीबाट जित्ने, अर्को पार्टी खोल्ने र नाफाघाटाको हिसाबमिलान गर्दै आएका छन् । बलिया र ठूलो दलको चाल आफू दह्रो हुँदाको अवस्थामा ठीकै देखिए पनि कमजोर भएको बखत घाटा लाग्ने खतरा त छँदैछ ।
 

टिप्पणीहरू