सेनाको गाडी ब्रेक फेल,घाइते १३ जनालाई हेलिकप्टरबाट ल्याइयो काठमाण्डौ

सेनाको गाडी ब्रेक फेल,घाइते १३ जनालाई हेलिकप्टरबाट ल्याइयो काठमाण्डौ

आज नेपाली सेनालाई ठूलो घाटा लागेको छ । रणशेर गणअन्तर्गत  पाँचथरको बुधवारे पोष्टमा तैनाथ "ग" गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा सडक दुर्घटना हुँदा१८ जना घाइते भएका छन् ।

तीमध्येका १३ जनालाई हेलिकप्टरमा अहिले काठमाण्डौ ल्याएर छाउनी अस्पतालमा उपचार शुरु गरिएको छ । क्याप्टेन किशोर बोगटीको कमाण्डमा २७ जना बा २ झ ४८० नम्बरको बोलेरो जीप र बा १ ग ३४४२ नम्बरको टाटा ट्रकमा सवार भएका थिए ।

ट्रक  "पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमस्थित रणशेर गणतर्फ फर्कने क्रममा मध्याह्न १२ बजे ब्रेक फेल भई सडकबाट करिब ७० मीटर तल खसेको थियो । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।

टिप्पणीहरू