दुई वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

दुई वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त भएका छन् । 

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ती विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो । जसअनुसार पूर्वाञ्चलमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिममा प्रा.डा. ध्रुवकुमार गौतम उपकुलपति भएका छन् । 

विश्वविद्यालयमा हुने दलीय भागबण्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा दुबैलाई मेरिटोक्रेसीअनुसार उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू