सक्कली किसान अनुदानको आशमा, नक्कली किसान अनुदानको रासमा

सक्कली किसान अनुदानको आशमा, नक्कली किसान अनुदानको रासमा

बोल्नेको पिठो बिक्छ,नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानले   दाङ घोराहीका एक किसानको जीवनसङ्ग मेल खाएको छ।

१२ बर्षदेखि आफ्नै गाउँमा केही गर्नुपर्छ । कृषिमा क्रान्ति गर्नुपर्छ भन्दै मौरीपालन सुरुवात गरेका घोराही १६ का मेघ सुनारले आजसम्म पनि एक रुपैयाँ अनुदान नपाएको दाबी गरेका छन् ।

"मौरी पालन व्यवसायमा लागेको छु। हरेक कुरा आफ्नै लगानीबाट गर्दै छु । तर,मलाई पालिकाले अहिलेसम्म पनि देखेन " सुनारको गुनासो छ।

अरु नक्कली किसानले अनुदान पाउँदा आफूले केही नपाएकोमा उनले दु:ख व्यक्त गरेका छन् ।

"हामीले होइन वडाले छानेर पठाउने हो । वडाले नाम टिपाएअनुसार हेरेर अनुदान उपलब्ध गराएका छौं । किसानहरु धेरै छन् । सबैको चित्त बुझाउन नसकिएला,सकेको गरेकै छौं,आएर हेर्दा हुन्छ ।"घोराही उप-महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जनआस्थालाई  बताउनुभयो ।

टिप्पणीहरू