चितवनको सामुदायिक वनमा मृत पाटेबाघ
![चितवनको सामुदायिक वनमा मृत पाटेबाघ](https://janaaastha.prixacdn.net/media/albums/patebagh_crHBB2rc45.jpg)
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित हरियाली सामुदायिक वनमा पाटेबाघ मृत फेलापरेको बताइएको छ ।
निकुञ्ज प्रशासनका अनुसार सम्भवतः उक्त बाघ एक आपसमा जुधेर मरेको हुनसक्छ । मृत पोथी बाघ अन्दाजी सात वर्षको अनुमान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय एक सय २८ वटा बाघ गणना गरिएको थियो ।
टिप्पणीहरू