गन्जी लगाएर कुर्सीमा मन्त्री

गन्जी लगाएर कुर्सीमा मन्त्री

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङ्गे भित्री गञ्जी लगाएर कार्यकक्षमा बसेका छन् ।

मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा छँदा लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई धेरैजसोले नाम अनुसारको फोटो भनेर कमेन्ट गरेका छन् । 

यसनिम्ति मनाङ्गे अर्थात् ‘म नाङ्गै’, डन विशेषण लगाइएको छ । भित्री वस्त्र गञ्जी लगाएर मन्त्रालयको कार्यकक्षमा बसेका प्रदेश मन्त्रीसँगै कालो चस्मा लगाएका अर्का एक जना घोसे मुन्टो लगाएर बसेका छन् । नजिकैको लुगा झुण्ड्याउने स्टान्डमा उनको रातो कोटजस्तै देखिने ज्याकेट झुण्डाइएको छ । 

फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा व्यक्तिसँग कुराकानी गरिरहेको अनुमान लगाउन सकिन्छ । राज्यले सम्मानित ओहोदामा बसेकाले औपचारिक कार्यक्रम र स्थलमा जाँदा लगाउने पोशाकसम्बन्धी निश्चित मापदण्ड बनाएको छ । त्यसमा पनि मन्त्रीले सँधै मर्यादित पोशाक लगाउनुपर्नेमा कसैको दुईमत देखिँदैन । 

‘तर,उनको विगतलाई हेर्दा मनाङ्गेसँग मर्यादित पोशाक र आचरणको अपेक्षा गर्नु पनि राज्य र जनताको अर्को भूल हुनसक्छ,’ उनकै मन्त्रालयमा कार्यरत एक जना अधिकृतले भने ।
 

टिप्पणीहरू