कान्तिपुरको नाममा ठगी,पाण्डे न्युज एजेन्सीमाथि सेटिङको आरोप

कान्तिपुरको नाममा ठगी,पाण्डे न्युज एजेन्सीमाथि सेटिङको आरोप

कान्तिपुर दैनिकको नियमित ग्राहक रहेका सुदर्शन पौडेलले आफूलाई पाण्डे न्युज एजेन्सीले फसाएको आरोप लगाएका छन् । कान्तिपुर पत्रिका बाँड्ने विजय अधिकारीले चिठ्ठामा कार र मोटरसाइकल पार्ने प्रलोभन देखाएर आफूलाई फसाएको उनको दावी छ । 
  
काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-३ बस्ने पौडेल आफूलाई कान्तिपुर दैनिकको नियमित पाठक बताउँछन् । आफ्नो घरमा पत्रिका ल्याइदिने अधिकारीले झुक्यानमा पारेर आफूलाई ठगेको उनले बताए । 'कान्तिपुरले चिट्ठा खोलेको छ,त्यसमा जोडियो भने स्कुटी र कारसमेत पर्न सक्छ भनेर उनले पाण्डे न्युज एजेन्सीको सम्पर्कमा पुर्याए',पौडेलले भने । 

कार्तिक २४ गते न्युज एजेन्सीमा गएर चिट्ठामा सहभागी गराउने भन्दै रसिदलगायत सबै आवश्यक कागजात दिएको पौडेलको भनाई छ । तर, लामो समय चिट्ठा परे/नपरेको जानकारी नगराइएपछि कान्तिपुरमा गएर बुझ्दा बल्ल अधिकारीको ठगी धन्दा थाहा पाएको उनले बताए । 

'हामीलाई यसबारे केही थाहा छैन ।  जसले ग्राहक बनाएको हो । त्यहीँ गएर बुझ्नु' भन्ने कान्तिपुरको जवाफ पाएपछि पुनः न्युज एजेन्सीमा पुगेका पौडेलले आफूलाई भोलि- भोलि भन्दै त्यसै झुलाइएको गुनासो गरे । 'यसबारे कान्तिपुरको गुनासो शाखामा बुझ्दा ग्राहक आइडी लिएर जानुस्,हामी बुझ्दिम्ला भन्ने जवाफ पाइयो', उनले भने । 

यता, पौडेललाई ग्राहक बनाउने पाण्डे न्युज एजेन्सीलाई ९८५१०२७४२७ मा पटक पटक  सम्पर्क गर्दा फोन उठेन । पौडेलले भने पटक-पटक चिट्ठामा सहभागिता नगराएपछि न्युज एजेन्सीसँग गुनासो पोख्दा त्यसै अल्मल्याएको बताए । एजेन्सीले ठूला मिडियासँग सेटिङ मिलाएर चिट्ठा पर्ने प्रलोभनमा पारी सर्वसाधारणलाई झुक्याउने गरेको पौडेलको आरोप छ । उनले मिडिया र  सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

टिप्पणीहरू