ठेकेदार र जनप्रतिनिधिको अनुहार मुसुक्क,मन्दिरको बजेट भुसुक्क

ठेकेदार र जनप्रतिनिधिको अनुहार मुसुक्क,मन्दिरको बजेट भुसुक्क

काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ को सापिङस्थित गणेश मन्दिर निर्माण शुरु गरेको दुई बर्षसम्म बेवारिसे अवस्थामा झार पलाएर बसेको छ । जब बिभिन्न अनलाइन मिडियाहरुमा रकम घोटालाको कुराहरु बाहिर निस्किए तब बल्ल तल्ल मरिमेटी अझकल्टो मन्दिरको निर्माण शुरु गरियो ।

गत दशैँ छेकातिर मन्दिर निर्माण गरियो,तर रङ्गचाहिँ पछि लगाउनुपर्छ भन्दै शिला स्थापना गरेर मात्र छोडेकोमा आजसम्म पनि रङ्गरोगन हुन सकेको छैन । दुई बर्षसम्म बेवारिसे रहेको उक्त मन्दिरमा यति लाख बजेटमा निर्माण भएको भन्नेसमेत जनतालाई अझैसम्म थाहा नभएको स्थानीय तारा कुँवर बताउँछन् ।

कहिले ३० लाखको बजेट,कहिले ३८ लाखको बजेट,कहिले ४० लाखमा सकिन्छ ,यावत कुराहरुले जनतालाई झुक्याएर मोटो रकम सबै मिलेर पेट भर्न खोजेको स्थानीय कुशल पहरीको आरोप छ। 

विगतमा उपभोक्ता समितिको लापर्वाहीले गर्दा २ बर्षसम्म बन्न नसकेको उक्त मन्दिर सामाजिक सञ्जालमा जताततै आउन थालेपछि बल्ल तल्ल बनेको तर अहिले रङरोगन भने अहिलेसम्म नगरेको स्थानीयहरुको भनाइ छ।

टिप्पणीहरू