सिनेमा हलमा फुटबल देखाउने सुर ?

सिनेमा हलमा फुटबल देखाउने सुर ?

चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले यस्तो निर्णय गरेको हो । 

सिनेमा हलहरुलाई ध्यानाकर्षण पत्र लेख्दै बोर्डले चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न निर्देशन दिएको छ ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डको चेतावनी छ । बोर्डले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको हो ।

टिप्पणीहरू