अर्जेन्टिनालाई फिफाको कारबाही

अर्जेन्टिनालाई फिफाको कारबाही

विश्वकप खेलिरहेको अर्जेन्टिनालाई फिफाले कारबाही गरेको छ। क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिनालाई जरिवाना तिराउन लागेको हो । विश्व फुटबलको नियामक निकाय फिफाले खेलमा ‘अर्डर एण्ड सेक्युरिटी’उल्लेख गरेको छ।

डच टिमले अन्तिम समयमा दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको प्रशिक्षण टिम र बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए । अतिरिक्त समयको अन्त्यसम्म २-२ गोलको बराबरीपछि पेनाल्टी सुट आउटमा अर्जेन्टिना विजयी भएर पनि विवाद भएको थियो । कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियलमध्ये एक थिए। 

एकै खेलमा पाँच पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिका कारण जरिवाना हुन लागेको हो । नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । दुवै टिमलाई १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुन सक्ने बताइएको छ।

टिप्पणीहरू