टुहुरा बालबालिकाले गाँसे आमाको दाहसंस्कारमा माला

टुहुरा बालबालिकाले गाँसे आमाको दाहसंस्कारमा माला

सुर्खेतमा ११ वर्षे दाजु र बहिनीले आमाको दाहसंस्कारमा चढाउन फूलको माला गाँसेका छन् । केही दिनअघि सुर्खेतको पञ्चपुरी नगरपालिका ३ मा आमाको शंकास्पद मृत्युपछि टुहुरा बनेका ती दाजु र बहिनीले माला गाँसेको दृश्यले धेरैको आँखा रसाएको बताइन्छ । 

आफ्नै बुबाका कारण टुहुरा हुन पुगेका ११ बर्षीय दिनेश आले र बहिनीले आमाको दाहसंस्कारको निम्ति फूलको माला गाँसेका थिए । आलेसहित बहिनी देवीको उक्त हृदयविदारक दृश्य र तस्बिरमा आमाको माया र काख गुमेको अवोध बालबालिकाको निर्दोष मुहार देखिन्छ । ‘कान्छा, के गर्न लागेको ? भनेर सोधेँ,’ उनीहरुले, ‘ममीको लागि माला उनेको भन्दा मन छियाछिया भयो,’ पञ्चपुरी ३ निवासी नाताले माइजू पर्ने सुस्मिता आलेले भनिन् ।

बुबाले आमाको टाउको छिनालेपछि उनीहरु टुहुरा बनेका हुन् । आमाको लाश पोष्टमार्टमपछि दाहसंस्कार पनि भइसकेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अभियुक्तले बयान अहिलेसम्म एकै खालको दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपरीक्षक सुरज अधिकारीले बताए ।

टिप्पणीहरू