फौजमा जसको चलिरह्यो फूर्तिफार्ती

फौजमा जसको चलिरह्यो फूर्तिफार्ती

लाग्दा–पुग्दा गर्न बाँकी केही रहेन, शक्ति सकिँदा ‘स्याँ–स्याँ र फ्याँ–फ्याँ’ शुरु भइसक्यो । यो खबर हो, हल्चोकको । सरकारबाट शेरबहादुर देउवाको बहिर्गमनसँगै सशस्त्रका केही हाकिम यसरी सोत्तर हुने भए कि, मुखैमा आएका फुली बेपत्ता । आर्थिक प्रशासनमा बसेर कुस्त कुमाएका र हाल ककनीस्थित शिक्षालयका समादेशक दीपेन्द्र शाह बालुवाटारको कृपाले डिआइजीको एक नम्बरमा बढुवा पाउने दावेदार थिए । व्याचमा ७ नम्बरका उनी एसपीमा अगाडि हुँदै  एसएसपीमा एक नम्बरमा बढुवा भए । सिसं १ मा भर्ना भएका उनको ‘रकेट बढुवा’ देखेर साथीहरु चकित छन् । अर्का हुन्, प्रवन्धमा रहेका एसएसपी दीपेन्द्र कुँवर ।

आइजीले सुको नखाने, उनको नाम बेच्दा देउवाका स्वकीय सचिव भानुका बहिनी ज्वाइँ उनले अरुलाई नटेर्ने स्थिति थियो । देउवाबाट राम्रै लाभ लिनेमा सुर्खेतका एआईजी नारायणदत्त पौडेल अर्का हुन्, जसले एकल बढुवा पाए । कानुनबाट मिलाउने युवराज अर्याल, एमटीका प्रमोद साह, कामु एसएसपी होम ज्ञवाली र उनका जुनियरहरु मिलेर चुनाव अगाडि करोडौंको खेलो गरेका थिए । अर्थ मन्त्रालयबाट निकासा भएको ५० करोड रुपैयाँले फोटोन कम्पनीका गाडीहरु मात्रै खरिद गरिएनन्, त्यसबाट मोटो रकम बाँडचुड भएको बताइन्छ । 

त्यस्तै, शेरबहादुर देउवाको गुरुका पुत्र एसपी चेतराज जोशीले सुदूरपश्चिमे भएकै नाममा धेरै पछाडि हुँदा पनि बढुवा पाए । गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुतिरका डिएसपी सुरज पाण्डे बुटवल फर्वार्ड बेसमा इन्स्पेक्टर हुँदा बसेका थिए, डिएसपी भएर पनि म्याद थपीथपी इन्स्पेक्टर बस्ने ठाउँ छाडेनन् । अर्का डिएसपी कृष्ण अर्याल नवलपरासीको डण्डा सीमामा एकल काज निकाल्ने ‘बहादुर’ हुन् । पश्चिम नवलपरासीस्थित भुजहवा बेसका इन्स्पेक्टर रामहरि श्रेष्ठ अनियमिततामा संलग्न भएपछि छानवीनको लागि अघिल्लो महिना हेडक्वार्टर तानिएका थिए ।

शेरबहादुर देउवासँग ४ वर्ष एडिसी बसेको ‘पावर’ लगाएर फर्किए । एआइजीको दुई दरबन्दी थप्ने प्रस्ताव गृहबाट क्याबिनेट पठाइयो । दरबन्दीमात्रै आएमा बढुवा निश्चित भएका किशोर प्रधानले पैसा बुझाएनन् । फलतः कपनको जग्गा बेचेर ५० लाख आरजु र मञ्जुलाई बुझाउने एक्लै बढुवा भए । 

भानुका नाममा राइँदाइँ गर्ने लेखा र कल्याणका डिएसपीहरु गणेश मल्ल, सन्तोषबहादुर चन्द, उमाकान्त जोशी पनि हुन् । गणेश शैलेन्द्र खनालकै पालादेखि कल्याणमा बसेका छन् । कतिसम्म रजाइँ चल्यो भने, आइजीलाई अनियमितता गरेको सुको रकम चाहिँदैन, यिनले थुकले टिप्न छाड्दैनन् । यो सिण्डिकेट अब कसरी जान्छ, हेर्न बाँकी छ ।
 

टिप्पणीहरू