घुमुवा प्रहरीको विवरण बटुल्न थालियो

घुमुवा प्रहरीको विवरण बटुल्न थालियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल मातहतका सादा पोशाक (घुमुवा) को रुपमा परिचालित जनशक्तिको विवरण मागेका छन् । गृह मन्त्रालयले ती दुबै प्रहरी संगठनलाई हिजो लेखेको पत्रमा सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीहरुको संख्या तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।

मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले लेखेको र गृहमन्त्रीलाई बोधार्थ दिइएको पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत सादा पोशाक (घुमुवा) को रूपमा परिचालित प्रहरी कर्मचारीहरू के कति संख्यामा परिचालित छन् ? यसरी खटाइएका प्रहरीहरू मापदण्डबमोजिम परिचालित हुन् वा होइनन् ?’

गृहमन्त्रीले त्यस्ता घुमुवाको हालको अवस्था, खटिएका प्रहरीहरूको अवधिदेखि आधिकारिक रुपमा खटाइएका हुन् वा होइनन् ? भन्ने विषयसमेत पत्रमा उल्लेख गर्न लगाएका हुन् । हिजो मन्त्रीस्तरिय निर्णय गरिएको व्यहोरा उल्लेख गर्दै भनिएको छ, ‘आलोपालो बदलीको व्यवस्था के छ ? साथै कसको मातहतमा कसरी खटाईंदै आएको छ ? संघ, प्रदेश र जिल्लागत रूपमा उल्लिखित विवरणहरू तीन दिनभित्र उपलब्ध गराईदिनु हुन ।’

टिप्पणीहरू