अमेरिकी राजदूत टोलीसहित लुक्लामा
नेपालका लागि अमेरिकी राजदूत नेतृत्वको टोली आज बिहान काठमाडौंबाट सोलुखुम्बुको लुक्ला पुगेको छ ।
राजदूत डिन रिचार्ड थम्पसन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान साढे ८ बजे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । अमेरिकी टोली अल्टिच्युड एअर प्रालिको हेलिकोप्टरमा सोलुखुम्बु गएको हो ।
राजदूत थम्पसन हिजो साँझ भरतपुरबाट राजधानी फर्कनुभएको हो । उहाँ अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन चितवनको सौराहा जानुभएको थियो ।
टिप्पणीहरू