प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारी

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राजधानीमै कालो झण्डा देखाउने कार्यक्रम राखिएको छ । अहिले बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय जाने क्रममा नेपाली काँग्रेसको भ्रातृ संगठनले कालो झण्डा देखाउन लागेको बुझिएको छ । 

प्रधानमन्त्री दाहाल केहीबेरमा कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय पुस्तकालय सेमिनार हल जाँदै हुनुहुन्छ । त्यहाँ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक राखिएको छ । उहाँले उक्त बैठकलाई सम्बोधन गर्ने अखिलले जानकारी दिएको छ ।

सोही क्रममा प्रधानमन्त्रीलाई नेविसंघले त्रिभुवन विश्वविद्यालय गेट नजिकै कालो झण्डा देखाउने तयारी गरेको हो ।

टिप्पणीहरू