अर्थमा जाने सहसचिवहरुको सूची लामो

अर्थमा जाने सहसचिवहरुको सूची लामो

नयाँ सरकार गठनसँगै केही सचिव र सहसचिवको सरुवा हुनुलाई सामान्य रुपमा लिन थालिएको छ । विगतदेखि नै राजनीतिक दलका नेता,मन्त्री र स्वयम् उच्च तहका कर्मचारीको रहर र चलखेलका कारण सरकार परिवर्तनसँगै निजामती कर्मचारीहरुको सरुवा हुने गरेको छ ।

अबको क्याबिनेट बैठकले पनि यसरी नै सचिवहरुको सरुवा गर्ने अनुमान छ । त्यसैगरी केही सहसचिवलाई अर्थ मन्त्रालयमा लैजाने तयारी गरिएको बताइन्छ । त्यसमध्ये हालै बढुवा भएका चण्डी घिमिरेलाई पदस्थापन गर्दा अर्थमा राखिने निश्चित छ । तर पदस्थापनको निम्ति कम्तिमा पनि डेढ महिना लाग्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो । 

उता पहिले अर्थको वैदेशिक सहायता समन्वय महाशाखामा बसेका सहसचिव कृष्ण नेपाल पुनः फर्कने सम्भावना उत्तिकै छ । उनलाई ओली सरकारले वासिङ्गटनस्थित विश्व बैंक मुख्यालयमा खटाएको थियो ।

तर सरकार परिवर्तन लगत्तै देउवा सरकारले उनलाई स्वदेश तान्यो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाको आफ्नो भनिएका मान्छे रामचन्द्र भट्टको उक्साहटमा विश्व बैंकबाट नेपाललाई झिकेर उपसचिवलाई पठाइयो । नेपाल यतिखेर भने प्रधानमन्त्री कार्यालयमा छन् । 

पहिले अर्थमन्त्रालयमै बिष्णु पौडेलको निजी सचिव र बजेट महाशाखामा रहेका सहसचिव धनिराम शर्मालाई पनि पहिलेकै ठाउँमा लैजाने सम्भावना देखिन्छ । अर्थमा लैजान अरु केही नयाँ सहसचिवहरुको पनि खोजी भइरहेको स्रोतले बतायो ।

टिप्पणीहरू