काँग्रेसले सार्यो केन्द्रीय कार्यसमिति बैठक

काँग्रेसले सार्यो केन्द्रीय कार्यसमिति बैठक

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । पर्सिका लागि निर्धारित बैठकको मिति आगामी माघको दोस्रो साता सारिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक माघ १५ गतेका लागि बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार सो दिन दिउँसो १ बजेदेखि बैठक बस्ने छ । 

‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ । बैठक सार्नुको कारण भने खुलाइएको छैन ।
 

टिप्पणीहरू