विनोद चौधरीले तोडे ट्राफिक नियम,मीरा चौधरी हेरेको हेर्यै

विनोद चौधरीले तोडे ट्राफिक नियम,मीरा चौधरी हेरेको हेर्यै

गुण्डा नाइके दिनेश अधिकारी "चरी" लाई गोली हानेर ढाल्ने दबङ्ग डिआइजी मीरा चौधरीले उपत्यका ट्राफिक चलाएको बेला डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी सवार गाडीले राजधानीको व्यस्त सडकमा ट्राफिक नियम ठाडै उल्लंघन गरेको छ । काठमाडौं रविभवनस्थित निवासबाट शहरतिर जाँदै गरेको अवस्थामा उनको महँगो सवारी साधनले तोकिएको ट्राफिक लाइन नाघेर ओभर टेक गरेको हो ।

उनी आफैँ चढेको सवारी साधनले आज बिहान काठमाडौंको टेकुमा उक्त हर्कत देखाउँदा नजिकै रहेका ट्राफिक प्रहरीसमेत जिल्ल परेका थिए । उक्त घटना आज बिहान साढे ९ बज्दाको हो ।रवि भवनबाट कालिमाटी हुँदै थापाथलीतर्फ गएको चौधरीको सवारी साधनले प्रायः यस्तै गर्ने गरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।"आज मात्रै होइन,धेरै पटक यस्तो गरेको पाइएको छ,’त्रिपुरेश्वरमा खटिएका एक जना ट्राफिक प्रहरीले गुनासो पोखे  ।

टिप्पणीहरू