यतिको अघिल्लो उडानका यात्रुले लेखे : प्लेनमा खराबी छ कि भनेर सँगैको मित्रलाई भनेको थिएँ

यतिको अघिल्लो उडानका यात्रुले लेखे : प्लेनमा खराबी छ कि भनेर सँगैको मित्रलाई भनेको थिएँ

हिजो पोखरामा दुर्घटनाग्रस्त यति एअरलाइन्सको ९ एन–एएनसी कल साइन भएको एटिआर विमानले बिहान पनि सोही रुटमा उडान गरेको थियो । बिहान ७ बजे उड्नुपर्ने अर्को विमानमा कम यात्रु भएकाले ८ बजे उड्न ठिक्क पारेको उक्त विमानमा ७ बजेका यात्रु पनि हालिएको थियो । 

८ः०५ मा पोखरा उडेको उक्त विमान पुनः काठमाडौं फर्केर साढे १० बजे ६८ जना यात्रु लिएर त्यता गएको हो । दुई घण्टाअगाडि पोखरा पुगेका एक जना यात्रुले पहिलेको उडानमा पनि खराबीको आशंका गर्दै सँगैको सीटमा बसेका अर्का यात्रुलाई गुनासो गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

अभिमन्यु पाण्डेले अघिल्लो उडानमा काठमाडौंबाट पोखरा जाँदा कता कता उडान ‘स्मुथ’ नभएको उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘हामीलाई पोखरा अवतरण गराएर पुनः यात्रु लिन गएको प्लेन पुनश्च: पोखरामा अवतरण हुन सकेन । सोही प्लेन आकाशमा उड्दा प्लेनमा खराबी छ कि क्या हो भनेर सँगैको मित्रलाई पनि भनेँ ।’

उनले जे भए पनि आफूहरु रहेको उडान सहजै अवतरण भएको तर दोस्रो पटक अवतरण हुन नसक्दा ठूलो क्षति भएको खबरले तरंगितसहित दुःखी तुल्याएको उल्लेख गरेका हुन् । उनले हिजोको उडानमा यति एअरलाइन्सको लापरबाही भएको आरोप लगाएका छन् । ‘पटक पटक यति एअरलाइन्समा यस्तो घटना हुनुले उसको लापरबाही भएको प्रष्टै भन्न सकिन्छ,’उनको भनाइ छ ।

टिप्पणीहरू