आज देशभरका दोहारी साँझ नखुल्ने

आज देशभरका दोहारी साँझ नखुल्ने

लोकदोहोरी गायिका निरा छन्त्यालको पोखरामा भएको विमान दुर्घटनामा निधन भएकोमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको हिजो बसेको आकस्मिक बैठकले गायिका छन्त्यालको निधनमा आज देशभरका दोहोरी साँझका पूर्वनिर्धारित कार्यक्रम बन्दगरी शोक मनाउने निर्णय गरेको हो ।​​​​​​

प्रतिष्ठानले २२ वर्षीया गायिका छन्त्यालको मृत्युप्रति दुःख व्यक्त गर्दै यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तका लागि कामना गरेको छ ।

टिप्पणीहरू