चाइनाभरि रवि लामिछानेको चर्चा,चार वटी श्रीमतीबारे सबै चकित
सर्वोच्च अदालतको आदेशबाट हिजो पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी समाचार चिनियाँ सञ्चारमाध्यममा पनि भाइरल भएका छन् । ‘अमेरिकी नागरिक’ले झूठो विवरण दिएर नेपाली जनताको दिमाग भुटेको र हौवाको भरमा गृहमन्त्री बनेको उनीहरूको रिपोर्टिङ छ ।
सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको संक्षेपमा व्याख्या गर्दै अधिकांश १ अर्ब ४० करोड जनसंख्या भएको उत्तरी छिमेक चीनका अनलाइन खबरहरुमा लेखिएको छ, ‘अमेरिका गएपछि रविले शरणार्थी बनेर नेपाली नागरिकता त्यागे । अमेरिकी नागरिकताका लागि आवेदन दिए र प्राप्त गरे । त्यसपछि नेपाल फर्के तर नेपाली नागरिकताका लागि पुनः आवेदन गरेनन् । उनले अवैध भइसकेको नेपाली नागरिकता प्रयोग गरे । अमेरिकीको हैसियतमा एउटा टेलिभिजनमा काम गरे । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे र आमचुनावमा विजयी भएपछि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने ।’
अदालतको आदेशपछि उनको सांसद,गृहमन्त्री र पार्टी सभापति पद गुमेको छ । साथै गृहमन्त्रीको रूपमा उनले आफ्नो कार्यकालमा भए गरेका सबै कार्यकारी आदेशहरू पनि निष्क्रिय भएको चिनियाँ अनलाइनको समाचारमा लेखिएका छन् । राहदानी दुरुपयोगसम्बन्धी अर्को मुद्दा परेमा उनलाई थप कारवाही हुनसक्ने र एकदेखि तीन वर्षसम्म जेल सजाय पाउने विषयलाई पनि चिनियाँ सञ्चारमाध्यमले हाइलाइट गरेको देखिन्छ ।
‘४८ वर्षका पुरुषको हालसम्म तीन वटी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । सबै घटनामा उनले महिलालाई धोका दिएको खबर बाहिर आएको छ । यसरी आफ्नै घर र परिवारको प्रबन्ध गर्न नसक्ने पुरुषले मुलुककै व्यवस्थापन भने कसरी गर्लान् ? त्यसमा शंका छ,’ चिनियाँ अनलाइनमा लेखिएको छ ।
रविको रास्वपावारे पनि समाचारमा चर्चा गरिएको छ । छ महिनाको बीचमा चौथो ठूलो दल बनेर रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेलगत्तै क्याबिनेटमा विपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुलाई चिनियाँ सञ्चारमाध्यमले ‘अहंकारी’को संज्ञा दिएका छन् ।
अहंकारीको थप व्याख्या गर्दै लेखिएको छ, ‘चुनावअघि उनले काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैलाई राजनीतिबाट सन्यास लिन सल्लाह दिए । सबैभन्दा धेरै घृणा उनले देउवालाई गरेका थिए ।’
उपप्रधान तथा गृहमन्त्रीको रूपमा जम्मा एक महिना,दुई दिन बिताएका रविको व्यक्तिगत जीवनमा पनि त्यस्तै छोटो अवधिले काम गरेको चिनियाँ समाचारमा उल्लेख छ । ‘४८ वर्षका पुरुषको हालसम्म तीन वटी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । सबै घटनामा उनले महिलालाई धोका दिएको खबर बाहिर आएको छ । यसरी आफ्नै घर र परिवारको प्रबन्ध गर्न नसक्ने पुरुषले मुलुककै व्यवस्थापन भने कसरी गर्लान् ? त्यसमा शंका छ,’ चिनियाँ अनलाइनमा लेखिएको छ ।
उनी हिजो बेलुकी प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पेश गर्नुअघि निजी कारमा गृह मन्त्रालयबाट बाहिरिएका थिए । आफ्ना अन्धभक्तहरुले रविलाई नेपालको जेलेन्स्की भन्ने गरेको पनि चिनियाँहरुको बुझाइ छ । उनको सफलतालाई अन्धभक्तहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग दाँजेको बताइन्छ ।
अमेरिकी र पश्चिमा राष्ट्रहरुको पहिले मौन र अहिले प्रत्यक्ष समर्थन गरेका उनलाई हिजो अदालतको आदेशपछि ठूलो धक्का पुगेको चिनियाँ सञ्चारमाध्यमको निश्कर्ष छ ।
उनी निर्वाचित र मन्त्री नियुक्त भएपछि अमेरिकालगायत धेरै वटा पश्चिमा कूटनीतिक नियोगका प्रमुखहरुले तारन्तार भेट गरिरहेको आधारमा उनीहरुले सो निश्कर्ष निकालेका हुन् ।
एउटा अनलाइनले लेखेको छ, ‘रवि संयुक्त राज्य अमेरिकाले नेपालको राजनीतिमा घुसाएको एउटा प्यादा हो । अदालतको आदेशपछि धेरै नेपाली निकै खुशी देखिएका छन् ।
टिप्पणीहरू