सडक छेउ अचेत अवस्थामा भेटिएका लामाको मृत्यु

सडक छेउ अचेत अवस्थामा भेटिएका लामाको मृत्यु

अचेत अवस्थामा फेला परेका हेटौंडा उपमहानरपालिका–९ पशुपतिनगर बस्ने ४० वर्षीय नवराज लामाको मृत्यु भएको छ।

आज बिहान उनी हेटौंडा–४ स्थित नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू