आखिर सुल्टै हिँड्नु थियो,यतिञ्जेल किन उल्टो प्रचार ?

आखिर सुल्टै हिँड्नु थियो,यतिञ्जेल किन उल्टो प्रचार ?

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्तिका लागि आज  जिल्ला प्रशासन कार्यालय, काठमाडौं जाने भएका छन् । उनी साँढे १० बजे बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने लामिछानेको सचिवालयले जनाएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेकाले अस्ति शुक्रबार सर्वोच्च अदालतको फैसलापछि उनको सबै पद र जिम्मेवारी क्षणभरमा माटो भएको हो । लामिछानेविरुध्द सर्वोच्च अदालतमा परेको मुध्दामा संवैधानिक इजलासले नागरिकता प्रक्रिया पुर्याएर लिनुपर्ने भन्दै उनको पद खारेज गरिदिएको हो ।

विगतदेखि नै उनको दोहोरो नागरिकता र पासपोर्टबारे विभिन्न निकायले चासो दिएका थिए । तर, रविले सञ्चारमाध्यममा एकोहोरो आफ्ना कुरा राख्दै प्रक्रियालाई बेवास्ता गरिरहे । अन्ततः आज नागरिकता पुनः प्राप्तीको निम्ति सिडिओ कार्यालय जानैपर्ने अवस्थामा पुगेका छन् । 

तर,नागरिकता दुरुपयोग गरेको र दोहोरो राहदानी बोकेको अभियोगमा प्रहरीले उनीमाथि फौजदारी छानबिन र अनुसन्धान भने गर्न बाँकी छ ।

टिप्पणीहरू