नागरिकता लिनेबित्तिक्कै हतार हतार पार्टी सभापति किन बन्नु परेको होला ?

नागरिकता लिनेबित्तिक्कै हतार हतार पार्टी सभापति किन बन्नु परेको होला ?

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि स्वत: पार्टीको सभापति पद गुमाएका रवि लामिछाने पुनर्बहाली भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पुरानै जिम्मेवारीमा फर्काएको हो ।

आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुन: चयन गरेको छ । अमेरिकी ग्रिनकार्ड त्यागेको निस्सा पेश गरेको झण्डै साढे ३ घण्टामा दिउँसो नागरिकता हातमा परेसङ्गै सरासर पार्टी कार्यालय पुगेका उनी बैठकमा सहभागी भएका थिए । त्यसपछि सभापतिमा फर्किएको बक्तव्य निकाल्न लगाए । 

शुक्रबार साँझ अदालतको फैसलासँगै लामिछानेले सभापतिसहित उपप्रधान र गृहमन्त्रीको हैसियत गुमाएका थिए । लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक राखेर श्रम मन्त्रीसमेत रहेका डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।

टिप्पणीहरू