प्रभुका कार्यकर्ता भन्सार विभागमा

प्रभुका कार्यकर्ता भन्सार विभागमा

प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले भन्सार विभाग घेराउ गरेको छ । 

भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आजदेखि चौथो चरणको आन्दोलन थालिएको छ । त्यसक्रममा आन्दोलनकारीहरुले भन्सार कानुनमा रहेको ४५ प्रतिशत ‘कथित पुरस्कारको लुटकारी’ प्रावधान हटाउनुपर्ने माग राखेका छन् । 

तेस्रो चरणको आन्दोलन गर्दासमेत सरकारले वास्ता नगरेकाले चौथो चरणको आन्दोलन शुरु गरिएको मञ्चले जनाएको छ । यसपटक पनि सरोकारवाला निकाय माग सम्बोधनमा गम्भीर नभएमा थप आन्दोलन चर्काइने मञ्चको चेतावनी छ ।

टिप्पणीहरू