"आफ्नै पार्टीभित्र रविको सभापति पद फेरि धरापमा"

"आफ्नै पार्टीभित्र रविको सभापति पद फेरि धरापमा"

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि स्वत: पार्टीको सभापति पद गुमाएका रवि लामिछाने पुनर्बहाली भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उनले नागरिकता पाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पुरानै जिम्मेवारीमा फर्काएको हो ।

आजै दिउँसो केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुन: चयन गरेको छ । अमेरिकी ग्रिनकार्ड त्यागेको निस्सा पेश गरेको झण्डै साढे ३ घण्टापछि दिउँसो नागरिकता हातमा परेसङ्गै सरासर पार्टी कार्यालय पुगेका उनी बैठकमा सहभागी भएर सभापतिमा फर्किएका हुन् । लगत्तै सभापतिमा दोहोरिएको बिज्ञप्ती निस्कियो ।

शुक्रबार साँझ अदालतको फैसलासँगै लामिछानेले सभापतिसहित उपप्रधान र गृहमन्त्रीको हैसियत गुमाएका थिए । लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक राखेर श्रम मन्त्रीसमेत रहेका डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति र दलको नेता तोकेको थियो । 

"सो पार्टीको विधानले सदस्यता प्राप्त गरेको एक वर्षपछि मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था गरेको छ । तर, नागरिकता लिएर सरासर केन्द्रीय कमिटी बैठकमा भाग लिन पुगेका उनलाई पार्टी सभापतिको पुरानै जिम्मेवारीमा फर्काइएपछि उनीमाथि अर्को कानुनी झन्झट आउनसक्ने कतिपयको तर्क छ । "

यता,रध्द भैसकेको नागरिकता प्रयोग गरेवापत पार्टीमा लामिछानेको हैसियत शून्यमा पुगेकाले तत्कालै सभापतिमा पुनर्बहाली गर्ने निर्णयको वैधतामाथि प्रश्न उठेको छ । अदालतको फैसलाको भावअनुसार पनि रास्वपामा उनको हैसियत नयाँ सदस्य बराबर हो । 

सो पार्टीको विधानले सदस्यता प्राप्त गरेको एक वर्षपछि मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था गरेको छ । तर, नागरिकता लिएर सरासर केन्द्रीय कमिटी बैठकमा भाग लिन पुगेका उनलाई पार्टी सभापतिको पुरानै जिम्मेवारीमा फर्काइएपछि उनीमाथि अर्को कानुनी झन्झट आउनसक्ने कतिपयको तर्क छ । 

सांसद पद खारेज भएकाले रास्वपाले दलको नेतामा भने लामिछानेलाई पुनर्बहाली गर्न सकेन । रास्वपाले पार्टी दर्ताको निम्ति बुझाएको बिधानको धारा ४० मा साधारण सदस्यता पाएको एक बर्ष नपुगी पदाधिकारी बन्न नपाइने किटानी ब्यवस्था छ । सोअनुसार पनि अस्ति शून्यमा पुगेको सदस्यता  नागरिकताजस्तै आजदेखि मात्रै कायम हुँदा आजै सदस्य भएर आजै सभापति बनेको बिषय कानुनी चुनौतीको घेरामा पर्ने पक्का छ ।

टिप्पणीहरू