गुप्तचरमा पूर्वलडाकूको पहिरो

गुप्तचरमा पूर्वलडाकूको पहिरो

राष्ट्रिय अनुसन्धान विभाग देशको एकमात्र आधिकारिक गुप्तचर संगठन हो । जुनसुकै सुरक्षा निकायसँग अपरेशन शाखा हुनैपर्छ तर यो संगठनसँगे टेलिफोन, फ्याक्स र इमेलमार्फत रिपोर्ट गर्नेबाहेक अरु कुनै उपाय छैन ।

भदौमा हुतराज थापा नयाँ चीफ भएको ६ महिना बितिसक्दासमेत मातहतका लागि गाली र कराउनेबाहेक सुधारका उपायहरु केही छैनन् । रोल्पा घर भएका उनी बालाराम घर्ती मगरका एक्का हुन् । आजभोलि राजेन्द्र लिङ्देनसँग राम्रो सम्बन्ध छ । 

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुदूरपश्चिमकै एआइजी ओम जोशीलाई दरबन्दी थपाई शहीद परिवारका नाममा पाखा लगाएर प्रमुख अनुसन्धान अधिकृत तोकिएका उनले प्रधानमन्त्री पुत्री गंगा दाहाललाई अन्टसन्ट रिपोर्टिङ गरेकै कारण गत आमचुनावमा राम्रो रिजल्ट आएन । 

त्यति मात्रै होइन, भक्तपुर घर भएको कारण एमाले नेता महेश बस्नेतमार्फत बालकोटतिर पनि नियमित सूचना गइरहेको छ । संगठनमा उनले अधिकृत स्तरका पूर्वलडाकू दीपक केसीलाई दायाँ राखेका छन् । जनार्दन शर्माको गाउँले भएकै कारण थापा उनको सल्लाहमा चल्दा एआईजीदेखि अपरेशनका डिआइजीसम्म जिल्ल परेका छन् । 

संगठनमा सिनियर र जुनियरको मतलब छैन । एसपी बस्ने ठाँउमा डिएसपी पठाएर पदको मूल्य नै घटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारजस्तो संवेदनशील ठाँउबाट उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइरालालाई फालेर डिएसपी हेमन्त कार्कीलाई पठाइएको छ । कतिपय एसपीहरु प्रदेशमा थन्काइएको कारण कोठा खोज्नैमा दिन बित्दो छ । 

– संगठनका हित चाहनेहरु

टिप्पणीहरू