हिजो राती रास्वपा सभापति रवि लामिछानेको दर्दभरी कहानी सुनेर द्रवीभूत हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली उनलाई गृहमन्त्रीमा दोहोर्याउनैपर्ने मागदाबीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अहिले १० बजेबाट छलफल भइरहेको छ ।
रवि लामिछानेले गृहमन्त्री र गृह मन्त्रालयमा दाबी गरेको अवस्थासँगै आगामी राष्ट्रपतिको उम्मेदवारबारे गठबन्धनमा गाँठो पर्दै गएको अवस्थामा ओलीले दिन बिराएर प्रधानमन्त्रीसँग तारन्तार भेट गर्दै आउनुभएको छ ।