निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी शिक्षामूलक अडियो–भिडियो बनाउनका लागि दरखास्त आह्वान गरेको छ ।
निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षामूलक १३ वटा भिडियो उत्पादनका लागि आयोगले आज आवेदन खुलाएको हो । गीत सन्देशको पाँच, संवादमूलक सन्देशको पाँच र संवादमूलक लघुनाटकको तीन वटा भिडियो निर्माण गर्नुपर्ने आयोगले जनाएको छ ।
अडियो–भिडियो निर्माणका लागि पाँच दिनभित्र दरखास्त दिन भनिएको छ । आवेदकले आवेदनसँगै आर्थिक वर्ष २०८१–८२ को कर चुक्ता प्रमाणपत्र, अडियो–भिडियो अनुभवको प्रमाणपत्रलगायतको कागजात पेश गर्नुपर्नेछ ।
त्यसैगरी, आवेदकलाई निर्वाचनबारे सामान्य जानकारी हुनुपर्नेछ । छनौटमा परेको अडियो–भिडियोलाई जुनसुकै भाषामा पनि प्रयोग गरिने आयोगले स्पष्ट पारेको छ ।