मीटरब्याज पीडितहरुले सुदखोरको विरोधमा बृहत प्रदर्शन गर्ने भएका छन् । मीटरब्याजविरुद्ध संघर्ष समिति, मधेश प्रदेशको आयोजनामा भोलि प्रदर्शन गर्न लागिएको जनाइएको छ ।
सिरहाको मिर्चैयामा भोलि बिहान ११ बजेदेखि आन्दोलन थालिने समितिले दिएको जानकारीमा उल्लेख छ । सुदखोर आतंक रोक्नुपर्ने माग गर्दै समितिको आयोजनामा पीडितहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।
सरकारले मीटरब्याज पीडितको समस्या समाधान गर्न कार्यदल बनाए पनि त्यसले प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप उनीहरुको छ । गरिब र विपन्न अवस्थाको फाइदा उठाएर कानुनको धज्जी उडाउँदै सुदखोरहरुले मनलाग्दी ब्याज उठाइरहँदा पनि सरकार मौन बसेको समितिको भनाइ छ ।
पछिल्लो समय मुलुकमा मीटरब्याज आतंक बढ्दै गएको छ । मीटरब्याजीले दिएको तनाव सहन नसकेर केही ऋणीले आत्महत्याको बाटो रोजेका छन् ।