चितवनमा ‘मर्निङ वाक’ जोखिममा, सबेरै गैंडाको आक्रमण

चितवनमा ‘मर्निङ वाक’ जोखिममा, सबेरै गैंडाको आक्रमण

गैंडाको आक्रमणबाट आज चितवनमा एक जनाको ज्यान गएको छ । बिहानको समयमा हिँडिरहेका ६० वर्षीय पुरुषमाथि गैंडाले आक्रमण गरेको हो ।

आक्रमणमा रत्ननगर नगरपालिका–९, लालपर्साका चन्द्रबहादुर तामाङको तत्काल मृत्यु भएको बताइन्छ । स्थानीय मिलिजुली सामुदायिक वन क्षेत्रमा तामाङलाई गैंडाले आक्रमण गरेको हो ।

मृतकको शवलाई पोष्टमार्टमको निम्ति भरतपुर अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू