नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’

नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’

नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एशियाली मुलुकमध्ये ‘शीर्ष दश’ भित्र पर्दै प्रथम मुलुक घोषित भएको बताइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थान र अनुकुल मौसम रहेको उल्लेख गर्नुभयो । साहसिक खेलका लागि आवश्यक पूर्वाधारहरु नेपालमा प्राकृतिक रूपमै रहेको चर्चा गर्दै उहाँले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको उहाँको धारणा छ ।

समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरुको सहभागिता थियो । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट उक्त स्थान घोषणा गरिएको हो ।

टिप्पणीहरू